Search This Blog

Thursday, 14 April 2016

दर्शकको नजरमा परेका नायक पउल शाह भन्छन् नम्रता श्रेष्ठसंग डेटिङ जान मन छ भिडियो हेर्नुस!

News alert

सूचना ! सूचना !! सूचना !!!
सम्पुर्ण क्रीकेटप्रेमी तथा दर्शकहरुलाई सूचना !
TU ground किर्तिपूरमा खेल हेर्ने दर्शक तथा
खेलप्रेमीहरुलाई बिशेष सुझाव अनि आग्रह पनि।
- तपाइहरु खेल हेर्न जादा साथमा लग्न नहुने
समान नबोक्नु होला।
- तपाइहरु आफैमा एक स्वयम्सेवक हो भनेर
सम्झिनुस र तेही अनुसार ब्यवहार गर्नुस।
- महिला र युगल जोडीलाई देख्ने बितिकै
जिस्काउने वा नराम्रो शब्द प्रयोग गर्ने गल्ती
नगर्नुस।
- तपाईंहरु एक्दम मिलेर बस्नुस र पटकपटक उभिएर
पछाडी हुनेलाई छेक्ने काम नगर्नुस ।
- प्रहरी लाई उत्तेजित पार्ने कुनै पनि
गतिबिधी नगर्नुस।
- प्रहरी मैदानमा फर्किदा यसअघी जस्तै
पछाडिबाट कागज र ढुङ्गाले हानेर जिस्काउने
काम यो पटक हुने सम्भावना छैन।
- प्रहरी देख्ने बितिकै आक्रोसमा आउने बानी
छ भने कृपया आफ्नो मनलाई सान्त राख्नुस र
बुझ्नुस कि पुलिसले आफ्नो कर्तब्य पुरा गर्न यहाँ
खटिएको हो भनेर।
- घरेलु दर्सक भनेको १२ औ खेलाडीको भूमिका
जस्तै हो त्यसैले Fans ले अनुसासनमा बस्नुस र
धैर्यता नगुमाउनुस।
- पाहुना टिमलाई सम्मान गर्नुस र आफ्नो
खेलाडीको हौसला बडाउनुस।
- कम्पन आयो भने भुकम्प आयो भनेर दौडिने काम
नगर्नुस अन्यथा दुर्घटना हुनसक्छ।
- मैदानमा हुँदा खेलमा जीत मात्र होईन हार
पनि हुन्छ भन्ने कुरा नबिर्सिनुस।
कसैले कुनै नराम्रो कार्य गर्न खोजेमा सम्झाउने
कोसिस गर्नुस र मानेनन भने प्रहरीलाई खबर गर्न
पछी नपर्नुस।
- ६०० पुलिस र ११ CCTV Camera छन भन्ने
नबिर्सिनुस।
- खेलाडीले राम्रो प्रदर्शन नगरी आउट भएको
बेला खेलाडीलाई नेता नै सम्झेर भ्रस्टचारी
नेतालाई जस्तै छाडा शब्दमा गाली नगर्नुस।
- हाम्रो देशको इज्जत तपाईंहरुको हातमा छ
कृपया गम्भिर हुनुस।
- यो पटकको आयोजना सफल भयो भने Kenya
सँगको खेल नेपालमा नै हुने निस्चित हुन्छ र UAE
सँगको अन्तिम खेल पनि नेपालमा नै हुने धेरै
सम्भावना बढ्ने छ
- खेलको मज्जा लिनुस्, खेलाडीको हौसला
बढाउनुस्, नतिजा स्विकार्नुस र सान्तपूर्वक घर
फर्किनुस।
हामी सब्य हौ र हाम्रै घरेलु मैदानमा हुन
लागेको अन्तर्राष्ट्रिय खेललाई भब्य रुपले सफल
पारौ।
[""संकलन : पारस थापा"" सिङ्गापुर ]
धन्यवाद।
जय क्रीकेट ।
जय नेपाल ।
धन्यबाद .......

todays-horoscopes-april-14-2016

भूकम्पले नेपालमा रेमिट्यान्स बढायो

काठमाडौँ ३ वैशाख । भूकम्प कारण विदेशमा रहेका आफन्तले धेरै पैसा पठाएपछि सन् २०१५ मा नेपालमा रेमिट्यान्स २०.९ प्रतिशतले बढेको छ। दक्षिण एसियाली मुलुकमा रेमिट्यान्स बृद्धिदर निकै सुस्त भएपनिनेपालमा भने आकार्सिको हो।
दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा अधिक मात्रामा रेमिट्यान्स आप्रवाह बढ्नुमा भूकम्पलाई प्रमुख कारण मानिएको छ। यसैगरी छिमेकी भारत विश्वमै सवैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक भएको छ। 
विश्व बैँकले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल सन् २०१४ को तुलनामा २०१५ मा रेमिट्यान्स आप्रवाह २०.९ प्रतिशतले बढेको हो। यस्तो बृद्धिदर २०१४ मा ३.२ प्रतिशतमात्र थियो। विश्व बैँकका अनुसार गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि विदेशमा रहेका आफन्तले औसत अवस्थामा भन्दा निकै बढी मात्रामा घरमा पैसा पठाए। 
भूकम्पपछि परिवारमा भेटघाट गर्न विदेशबाट नेपाल आउनेको संख्या पाँच गुणाले बढ्यो। भूकम्पपछिका केही महनिासम्म दैनिक औसतमा चार हजारजना विदेशबाट आफ्नो घरमा फर्किएका थिए। यसरी फर्किएकाले प्रशस्त पैसा समेत ल्याएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

Allaboutcricket

Thank you for watching